शुक्रबार, आश्विन २३ गते २०८३
images

इनिशा बिकको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न प्रचण्डको माग

एक्सप्रेस पाना
फाल्गुण २८, २०८२ बिहीबार
  • 246
    SHARES
  • इनिशा बिकको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न प्रचण्डको माग

    काठमाडौं  ।  नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड’ले सुर्खेतमा १६ वर्षीया बालिका इनिशा बिकमाथि भएको सामूहिक बलात्कारपछि गरिएको जघन्य हत्याको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

    images

    सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रचण्डले उक्त घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन्। उनले मृतक बालिका इनिशा बिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

    साथै उनले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्। दोषीलाई कडा कानुनी कारबाही गर्न पनि उनले जोडदार रूपमा आग्रह गरेका छन्।

    images

  • सम्बन्धित विषय:

  • # प्रचण्ड