शुक्रबार, श्रावण २९ गते २०८३
images
images

हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा

एक्सप्रेस पाना
फाल्गुण २८, २०८२ बिहीबार
  • 199
    SHARES
  • हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपा र बालेन शाह नेतृत्वमा बन्ने सम्भावित सरकारलाई संविधान संशोधनमार्फत नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता जनाए समर्थन गर्ने बताएका छन् ।

    images

    बिहीवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले संसदमा दुईतिहाइ बहुमतका लागि उक्त सरकारलाई दुई सिट कम रहेको उल्लेख गरेका छन् ।

    उनले सरकार संविधान संशोधन गरेर धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र स्थापना गर्न तयार भए रास्वपाका पाँच सांसदहरूको पूर्ण सहयोग रहने बताएका हुन् ।

    images

    थापाले लेखेका छन,‘यदि प्रस्तावित सरकारले हिन्दूराष्ट्र पुनःस्थापना गर्ने विषयमा स्पष्ट प्रतिबद्धता जनाउँछ भने राप्रपा संसदमा संविधान संशोधनका लागि आवश्यक समर्थन दिन तयार रहनेछ ।’

    नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउँदै आएको राप्रपाले यसअघिदेखि नै संविधान संशोधनमार्फत देशलाई पुनः हिन्दूराष्ट्र बनाउने माग गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # कमल थापा
  • # रास्वपा
  • # संविधान संशोधन