शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस

एक्सप्रेस पाना
चैत्र १, २०८२ आइतबार
  • 168
    SHARES
  • राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस

    राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस
    काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ ।

    images

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    ‘श्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,’गृहमन्त्री अर्यालले निर्णय सुनाउँदै भने ।

    images

    त्यस्तै जेनजी आन्दोलनको क्रममा भएको घट्ना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्नेगरी मन्त्रिपरिषद्ले ग्रहण गर्ने पनि निर्णय भएको छ ।

  • सम्बन्धित विषय:

  • # ओमप्रकाश अर्याल