शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आर्मीलाई हराउँदै नेपाल पुलिसले जित्यो जय ट्रफीको उपाधि

एक्सप्रेस पाना
चैत्र ५, २०८२ बिहीबार
  • 174
    SHARES
  • आर्मीलाई हराउँदै नेपाल पुलिसले जित्यो जय ट्रफीको उपाधि

    काठमाडौँ । जय ट्रफी क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले शानदार प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ। 

    images

    बिहिबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभुवन आर्मीलाई ४ विकेटले हराउँदै पुलिस क्लबले उपाधि जितेको हो । 

    २२७ रनको लक्ष्य पछाएको पुलिसले ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । पुलिसको लागी रसिद खानले ८१ रन बनाए भने कुशल भर्तेलले ५१ रन बनाए । यसअघि आर्मीले २२६ रन बनाउँदै अलआउट भएको थियो ।  

    images

    यो सँगै नेपाल पुलिसले लगातार दोस्रो पटक जय ट्रफीको उपाधि जितेको छ । 

     

  • सम्बन्धित विषय:

  • # जय ट्रफी कप