काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ६ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमाल कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।



