शुक्रबार, श्रावण २९ गते २०८३
images
images

उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त

एक्सप्रेस पाना
चैत्र १०, २०८२ मंगलबार
  • 121
    SHARES
  • उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त

    काठमाडौं । उज्यालो नेपाल पार्टीका केन्द्रीय समिति सदस्य इन्जिनियर किरण केसीलाई पार्टीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)पदमा नियुक्त गरिएको छ। उक्त निर्णय सोमबार सम्पन्न उच्चस्तरीय बैठकबाट औपचारिक रूपमा घोषणा गरिएको हो ।

    images

    जसले पार्टीको संगठनात्मक नेतृत्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। इन्जिनियर केसी पार्टीभित्र रणनीतिक योजना तथा संगठन विकासमा सक्रिय र प्रभावशाली भूमिका निर्वाह गर्दै आएका छन्। उनको यो नियुक्तिले पार्टीको प्रशासनिक कार्यक्षमता अभिवृद्धि गर्दै समग्र लक्ष्य प्राप्तिमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

    पार्टीका शीर्ष नेताहरूले उनको नेतृत्व क्षमताप्रति पूर्ण विश्वास व्यक्त गर्दै अनुभव, समर्पण र नविन सोचका कारण पार्टीलाई अझ मजबुत बनाउने बताएका छन्। उनको नेतृत्वमा पार्टीले देशव्यापी प्रभाव विस्तार गर्दै जनतासँगको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    images

    नियुक्तिपछि आफ्नो पहिलो प्रतिक्रिया दिँदै केसीले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै पार्टी र देशको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले एकता, पारदर्शिता र प्रगतिशील नीतिमार्फत दीर्घकालीन राष्ट्रिय विकासमा योगदान पु¥याउने कुरामा जोड दिएका छन्।

    उक्त नियुक्ति पार्टीले आगामी राजनीतिक गतिविधिहरूका लागि तयारी गरिरहेको सन्दर्भमा महत्वपूर्ण मानिएको छ।

  • सम्बन्धित विषय:

  • # उज्यालो नेपाल पार्टी
  • # किरण केसी