शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, डा. सुनिल शर्माको निःशुल्क सेवाको प्रशंसा

एक्सप्रेस पाना
चैत्र २०, २०८२ शुक्रबार
  • 75
    SHARES
  • जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, डा. सुनिल शर्माको निःशुल्क सेवाको प्रशंसा

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले केएमसी अस्पताल पुगेर जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

    images

    गृह मन्त्रालय सम्हालेपछि सक्रिय रूपमा काममा जुटेका गुरुङ बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सकेलगत्तै अस्पताल पुगेका हुन्।

    अस्पतालमा पूर्व सांसद डा. सुनिल शर्माले घाइतेहरूको निःशुल्क उपचार व्यवस्था मिलाउँदै आएका छन्। अधिकांश घाइतेहरूलाई निःशुल्क सेवा प्रदान गरिएकोमा गृहमन्त्री गुरुङले डा. शर्मालाई धन्यवाद दिएका छन्।

    images

    डा. शर्माका अनुसार धेरैजसो घाइतेहरू उपचारपछि डिस्चार्ज भइसकेका छन् भने केही अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको छ। “यहाँ आएका सबै घाइतेहरूको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको छु,” उनले भने।

    सो अवसरमा गृहमन्त्री गुरुङले घाइतेहरूको उपचारमा देखाइएको सेवाभावको प्रशंसा गर्दै भने, “तिमीले घाइतेहरू मात्र होइन, उनीहरूको परिवारको पीडामा पनि साथ दिएका छौ। यस्तो सेवा निरन्तर रहोस्।”

    मन्त्री गुरुङ राति करिब १० बजे अस्पताल पुगेका थिए। भेटका क्रममा उनले डा. शर्मालाई अंकमाल गर्दै आभार व्यक्त गरेका थिए।

  • सम्बन्धित विषय:

  • # जेनजी आन्दोलन
  • # सुधन गुरुङ