शुक्रबार, श्रावण २९ गते २०८३
images
images

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछ : रवि लामिछाने

एक्सप्रेस पाना
चैत्र २०, २०८२ शुक्रबार
  • 165
    SHARES
  • न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिमछानेले पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    images

    शुक्रबार प्रतिनिधिसभाको नयाँ सभामुखका लागि उपसभापति डीपी अर्यालले मनोनयन दर्तापछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएको भन्दै न्याय पाउने पहिलो अधिकार र हतार शहीद परिवारलाई भएको बताएका छन् ।

    उनले भने,‘गृहमन्त्रीको पक्राउलाई प्रतिशोध भन्नु हतार भयो । आफ्ना कलिला बालबालिका गुमाएका अविभावकलाई न्यायको हतारो होला नि । त्यति हरातो त कसैलाई छैन् होला नि ? त्यसैले न्याय पाउने पहिलो हक शहीद परिवारको हो । ,घाइते परिवारको हो । न्याय पाउने हक सबैलाई छ । राजनीतिक रुपमा लागेको कुरा पहिलो हक चाँही शहीद परिवारको हो ।’

    images

    उनले आफूहरू सार्वजनिक परीक्षण (पब्लिक अडिट) मा रहेको भन्दै नागरिकले सबै गतिविधि नियालिरहेको बताए ।
    ‘हामी पब्लिक अडिटमा छौं । नागरिकले यसलाई हेरिरहनु भएको छ । हामीले बोलेर भन्दा पनि काम गरेर देखाउँछौ,’उनले भने ।

    नवनिर्वाचित सभामुखले आफ्नो अनुभवलाई व्यवहारमा उतार्दै संसदीय मर्यादा, नियमावली र अनुशासनको मापदण्ड पालना गर्नुपर्ने उनले जोड दिए ।

    साथै, सभामुख पदमा पुगेपछि पार्टीभन्दा माथि उठेर सिंगो सदनप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यता विपरीत प्रतिपक्षलाई दमन गर्ने वा नागरिकका मुद्दा दबाउने खालको व्यवहार अस्वीकार्य हुने बताए।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने