शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने

एक्सप्रेस पाना
चैत्र २२, २०८२ आइतबार
  • 207
    SHARES
  • शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने

    काठमाडौं । सरकारले पेट्रोलियम आपूर्तिमा देखिएको असहज अवस्थालाई ध्यानमा राख्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

    images

    आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् । 

    उनले भने, ‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गते बाट लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरुको कार्यालय समय विहान ९ देखि ५ बजे कायम गर्ने निर्णय गरेको छ ।’

    images

    यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु:


    १.अर्थ मन्त्रालयबाट डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टको लागि क्रमश एसियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
    २.दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
    ३. नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तरगतका निकायहरुको संगठन तथा व्यवस्थापन संरक्षण गर्न पूर्व स्वकृति दिने ।
    ४.राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष श्री धमेन्द्र झाले दिएको राजीनामा स्वकृति गर्ने ।
    ५.पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गते बाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरुको कार्यालय समय समय ९ देखि ५ बजे कायम गर्ने ।
    ६.डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने ।
    ७.आगामी शैक्षिक सत्र २०८३ बैसाख १५ गतेबाट सुरु गर्ने ।

     

     

     

    उक्त निर्णय गरेको हो । यससंगै कार्यलय समय भने बिहान ९ बजेदेखी बेलुका ५ बजेसम्म रहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # सार्वजनिक बिदा