आइतबार, भाद्र २८ गते २०८३
images

क्यानद्वारा करण केसीलाई एक खेलमा प्रतिबन्ध

एक्सप्रेस पाना
चैत्र २९, २०८२ आइतबार
  • 192
    SHARES
  • क्यानद्वारा करण केसीलाई एक खेलमा प्रतिबन्ध

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले करण केसी लाई एक खेलका लागि प्रतिबन्ध लगाएको छ।

    images

    जारी प्रधानमन्त्री कपका खेलहरूमा केसीलाई  एक खेलका लागि प्रतिबन्ध लगाइएको हो । 

    नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति क्यानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    images

    पीएम कप अन्तर्गत सन्दीप लामिछानेको अम्पायरसँग विवाद भएको तस्बिर शेयर गरिएको पोष्टमा करण केसीले खेलका क्रममा खेलाडीले अम्पायरलाई हानेमा कस्तो सजाय हुन्छ भन्ने प्रश्न गरेका थिए। उनले लेखेका थिए, “यदि कुनै खेलाडीले गल्तीले अम्पायरलाई हान्यो भने कति खेलको प्रतिबन्ध हुन्छरु जानकारीका लागि सोधेको हो।”

    उक्त अभिव्यक्ति खेल भावनाअनुसार नभएको ठहर गर्दै सम्बन्धित सरोकारवालासँग समन्वय गरी करण केसीलाई प्रधानमन्त्री कप अन्तर्गत एक खेलका लागि प्रतिबन्ध लगाउने निर्णय गरिएको संघले जनाएको छ।

    यसका साथै उनलाई १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय पनि गरिएको नेपाल क्रिकेट संघले जानकारी दिएको छ।

    WhatsApp Image 2026-04-12 at 13.55.34.jpeg

  • सम्बन्धित विषय:

  • # करण केसी