शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नवलपुरमा दूषित पानीले गैँडा मर्न थालेपछि स्थानीयद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण

एक्सप्रेस पाना
चैत्र २९, २०८२ आइतबार
  • 119
    SHARES
  • नवलपुरमा दूषित पानीले गैँडा मर्न थालेपछि स्थानीयद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण

    काठमाडौं । दूषित पानीका कारण नवलपुर क्षेत्रमा गैँडाहरू धमाधम मृत भेटिन थालेपछि स्थानीयवासीले गृहमन्त्री सुधन गुरुङसमक्ष ध्यानाकर्षण गराएका छन्।

    images

    स्थानीय तथा नवलपुरका सांसद राजन गौतमसहितको टोलीले गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाउँदै औद्योगिक क्षेत्रबाट निस्किएको दूषित फोहोर पानी खोलामा मिसिँदा वन्यजन्तुहरू प्रभावित भएको गुनासो गरेका हुन्।

    उनीहरूका अनुसार विभिन्न उद्योगबाट निस्किएको फोहोर पानी खोलामा मिसिँदा सोही पानी सेवन गरेका वन्यजन्तुहरू मृत अवस्थामा भेटिन थालेका हुन्।

    images

    यसैबीच, गृहमन्त्री गुरुङले सम्बन्धित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन समेत गरेका छन्। स्थानीयहरूले तत्काल प्रदूषण नियन्त्रण र वन्यजन्तु संरक्षणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।

  • सम्बन्धित विषय:

  • # सुधन गुरुङ