काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज इटालीको सामना गर्दैछ ।
खेल नेपाली समय अनुसार दिउसो ४ः ४५ बजेदेखि शुरु हुनेछ ।
यसअघि शनिबार खेलेको खेलमा नेपालले अमेरिकासँग हार बेहोरेको थियो । त्यस्तै इटालीले शनिबार भएको खेलमा आयोजक रुवाण्डालाई पराजित गरेको थियो ।
नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत र रचना चौधरी रहेका छन् । त्यस्तै नेपाली टिमको मुख्य प्रशिक्षक हर्षल पाठक रहेका छन् ।


