काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार १ सय ६० रुपैयाँँमा कारोबार भइरहेको छ ।



