काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा १८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।



