आइतबार, भाद्र २८ गते २०८३
images

क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा परी घाइते, वीरगञ्जमा उपचार हुँदै

एक्सप्रेस पाना
बैशाख ११, २०८३ शुक्रबार
  • 223
    SHARES
  • क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा परी घाइते, वीरगञ्जमा उपचार हुँदै

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी बारामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । बाराको बम नहर रोड अन्तर्गत थलही पुलमा शुक्रबार उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

    images

    दुर्घटनालगत्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव घटनास्थल पुगेर घाइते अन्सारीको उद्धारमा सहयोग गरेका थिए ।

    एम्बुलेन्स चालक संघ बाराका अध्यक्ष शेख सर्फुदिनका अनुसार अन्सारीलाई तत्कालै उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पुर्याइएको थियो । अस्पताल भर्ना गरिएका अन्सारीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ । चिकित्सकहरूले उनको स्वास्थ्यको थप परीक्षण गरिरहेका छन् ।

    images

    दुर्घटना भएको बम नहर रोडका पुलहरू अत्यन्तै जीर्ण र असुरक्षित रहेको स्थानीयले गुनासो गरेका छन् । पुलहरू खुल्ला र मर्मत नहुँदा बारम्बार दुर्घटना हुने गरे पनि सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । यतिबेला सामाजिक सञ्जालमा क्रिकेटर अन्सारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै खेलप्रेमी तथा शुभेच्छुकहरूले सन्देशहरू लेखिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # आदिल अन्सारी