काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग– २ अन्तर्गत नेपाल, युएई र ओमानबीचको त्रिदेशीय सिरिज आजदेखि सुरु हुँदैछ ।
सिरिजको उद्घाटन खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ । टियु क्रिकेट मैदानमा हुने उक्त खेल बिहान ९:३० बजेबाट सुरु हुनेछ ।
यस सिरिजका लागि नेपालको टोलीमा कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी (उप–कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी समावेश छन् ।


