आइतबार, भाद्र २८ गते २०८३
images

लिग– २ : युएईमाथी नेपालको रोमाञ्चक जित

एक्सप्रेस पाना
बैशाख १२, २०८३ शनिबार
  • 178
    SHARES
  • लिग– २ : युएईमाथी नेपालको रोमाञ्चक जित

    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग– २ अन्तर्गतको पहिलो खेलमा युएईलाई हराउँदै नेपाल विजयी भएको छ । 

    images

    शनिबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ३७ रनले हराएको हो । २०१ रनको लक्ष्य पछाएको युएई ४८.२ ओभरमा १६३ रन बनाएर अलआउट भएको हो । 

    नेपालको लागी बलर करण केसीले ४ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २-२ तथा दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीले एक एक विकेट लिए।  

    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४८.१ ओभरमा अल आउट हुदै २०० रन बनाएको थियो । 

  • सम्बन्धित विषय:

  • # आइसीसी विश्वकप लिग– २