शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाली कांग्रेसको संसदीय दलको नेतामा अभीष्मराज आङ्देम्बे चयन

एक्सप्रेस पाना
बैशाख १४, २०८३ सोमबार
  • 173
    SHARES
  • नेपाली कांग्रेसको संसदीय दलको नेतामा अभीष्मराज आङ्देम्बे चयन

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् । 

    images

    पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले बताएका हुन् ।

    उनले भने,"सबैको प्रतिक्षाको विषय नेपाली कांग्रेस संसदीय दलको नेताका सन्दर्भमा धेरै चासो, धेरै प्रश्नहरु उठेकाले स्पष्टता गर्न जरुरी थियो । विशेष गरेर नेपाली कांग्रेसको अहिलेको संसदीय संरचनामा उपस्थितीमा दलको जुन विधान थियो त्यो विधानलाई समयसापेक्ष केही परिवर्तन गर्नुपर्ने आवश्यकता भएको हुनाले केही दिन ढिलाई हुन गएको हो । लोकतान्त्रिक पार्टीको चुनावमा सर्वसम्मति गर्नु पनि एउटा निर्वाचनकै एउटा अंग हो। यसअन्तरगत पार्टीले ३८ जना सबै योग्य साथिहरुमध्येबाट कसलाई संसदीय दलको नेता बनाउने भन्ने सन्दर्भमा पार्टीको केन्द्रको तर्फबाट सर्वसम्मतको प्रयास बमोजिम पार्टीले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेका छौं ।"

    images

    यसैगरी कांग्रेसले संसद् छलेर अध्यादेश ल्याउने कुरा उपयुक्त नहुने जनाएको छ । एकातिर संसद् बोलाएको संसद् स्थगित गर्ने, अर्कोतर्फ संसद्लाई छलेर अध्यादेशहरू ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित नभएको कांग्रेसको भनाई छ ।

    उनले भने, ‘सरकारले प्रस्ताव गरेर संसद्को अधिवेशन बोलाइसकेपछि अकारण फेरि संसद् पुनः स्थापित भएको हामीले समाचार पायौँ । एकातिर संसद् बोलाएको संसद् स्थगित गर्ने, अर्कोतर्फ संसद्लाई छलेर अध्यादेशहरू ल्याउन कदम लोकतन्त्रको लागि मर्यादित होइन । त्यो अनुकूलता त्यसले प्रदान गर्दैन, जवाफदेहिता स्थापित गर्दैन ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # अभीष्मराज आङ्देम्बे