काठमाडौँ । ओमानविरुद्ध नेपालले ठूलो अन्तरको हार व्यहोरेको छ।
आइसीसी क्रिकेट विश्वकप लिग –२ अन्तर्गत बुधबार भएको खेलमा ओमानले नेपाललाई डिएलएस विधिका आधारमा १०२ रनले पराजित गरेको हो।
३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको अवस्थामा वर्षा सुरु भएसँगै खेल रोकिएको थियो। त्यसपछि डिएलएस विधिबाट नतिजा घोषणा गरिएको हो।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ६० रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै भिम सार्कीले २८ रन जोड्दा आसिफ सेखले १९ रन बनाए।


