शनिबार, श्रावण ३० गते २०८३
images
images

आजको राशिफल बि.स २०८३ बैशाख १७ गते विहिबार

एक्सप्रेस पाना
बैशाख १७, २०८३ बिहीबार
  • 153
    SHARES
  • आजको राशिफल बि.स २०८३ बैशाख १७ गते विहिबार

    काठमाडौं । आजको राशिफल बि.स २०८३ बैशाख १७ गते विहिबार ई.स २०२६ अप्रिल ३० नेपाल सम्बत ११४६  वसन्त ऋतु, बैशाख शुक्ल पक्ष चतुर्दशी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, बज्र योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २७ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३७ मिनेटमा हुनेछ ।

    images

     

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    मेष राशि भएकाहरूका आज व्यापार व्यवसायमा लगानी गर्नका लागि उचित समय छैन। आर्थिक व्यवस्थापनका कामहरुमा समस्या आउन सक्छन्। अवसरवादीहरूले काम बिगार्न सक्छन् । 

    images

     

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    वृष राशि भएकाहरूका लागि आज समय शुभ छ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको योग रहेकोछ ।  

     

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    मिथुन राशि भएकाहरूका लागि आज समय त्यत्ति शुभ छैन । साथीभाई तथा आफन्तको आवश्यकतामा उचित सहयोग प्राप्त नहुन सक्छ । व्यापार व्यवसायमा उचित समय दिन नसक्नाले त्यसबाट नाफा नहोला । 
     

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आफन्त तथा साथीभाईको सहयोग प्राप्त हुनाले कामहरु गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापार व्यवसायमा थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ ।
     

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    सिंह राशि भएकाहरुका लागि आज समय खराब छ । विवाद तथा प्रतिस्पर्धामा आज विजय हुन कठिन रहेको छ । व्यापार व्यवसायमा गरिएको लगानिबाट नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय खर्चिनुपर्ला ।

     

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    कन्या राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ । विभिन्न अवसरहरु आउने हुँदा त्यसलाई प्रयोग गरी राम्रो आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा सोचे जस्तै प्रगति हुनेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना रहेको छ।  

     

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    तुला राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ। गोचरमा तपाईंको राशिबाट दशौँ चन्द्रमा रहेकाले आज काममा पदोन्नति वा जिम्मेवारी बढ्नुका साथै पुरस्कार पनि प्राप्त हुन सक्छ । 

     

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    वृश्चिक राशि भएकाहरूका लागि आज समय सामान्य रहेको छ । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुन सक्छ। स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक समस्या हुन सक्छ ।


    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    धनु राशिका लागि आज समय त्यति राम्रो रहने छैन । पढाईको क्षेत्र कमजोर रहन सक्छ। गरिरहेको काममा विभिन्न समस्या आउँनाले काम सम्पन्न हुनमा ढिलासुस्ती हुन सक्छ र जसको कारणले आर्थिक समस्या हुन सक्छ। 

     

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत बढ्नेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउँनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने छन भने सवारी साधन प्राप्तिको योग रहेको छ। 


    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    कुम्भ राशिका लागि आज दिन तथा समय राम्रो रहेको छ। धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । 
     

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    मीन राशि भएकाहरूका लागि आज पनि समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिनेहुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दुःखी बनाउनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । 

  • सम्बन्धित विषय:

  • # राशिफल