काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले युएईलाई २९० रनको लक्ष्य दिएको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनाएको हो ।
नेपालको लागी दिपेन्द्र सिहं ऐरीले १०० रन बनाए भने गुल्सन झाले ४४ रन जोडे ।


