काठमाडौँ । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्दैछ ।
मंगलबार टियु क्रिकेट मैदानमा हुने खेलमा नेपालले ओमानविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । यो संगै ओमान बलिङ गर्दैछ ।
सिरिजमा नेपालले युएईविरुद्धका दुवै खेलमा जित हासिल गरेको छ भने यसअघिको ओमानविरुद्धको खेलमा हार बेहोरेको थियो । त्यस्तै ओमानले युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने नेपाललाई पहिलो खेलमा पराजित गरेको थियो ।


