काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ ।
मंगलबार टियु क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा २५६ रन बनाउदैँ अलआउट भएको हो ।
नेपालका लागी आशिफ शेखले सर्वाधिक ९४ रन बनाए भने अन्तिम ओभरमा आरिफ शेखले लगातार ३ छक्का प्रहार गरे । उनले २४ बलमा ४३ रन बनाए ।


