शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सांसद खरेलको स्पष्टिकरण:स्मार्ट टेलिकमको विषयमा एउटा मिटिङ समेत गरेको छैन्

एक्सप्रेस पाना
बैशाख २८, २०८३ सोमबार
  • 128
    SHARES
  • सांसद खरेलको स्पष्टिकरण:स्मार्ट टेलिकमको विषयमा एउटा मिटिङ समेत गरेको छैन्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले राजधानी दैनिक पत्रिकाले आफ्नो स्वीजरल्याण्ड भ्रमणको विषयमा भ्रमपूर्ण समाचार सम्पे्रषण गरेको भन्दै आपत्ति जनाएका छन् ।

    images

    सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा अनुसन्धानको घेरामा पर्ने डरले पूर्वसञ्चार मन्त्री सुटुक्क विदेश भागे भनेर झुटो समाचार सम्प्रेषण भएको भन्दै आपत्ति जनाएका हुन् । यस समाचारले आफ्नो मान, प्रतिष्ठा, संसद र पार्टीप्रति पनि अपमान गरेको उनको ठहर छ ।

    उनले भने,‘राजधानी दैनिक पत्रिकाले पूर्वसञ्चारमन्त्री अनुसन्धानको घेरामा पर्ने डरले सुटुक्क विदेश भागे भनेर समाचार लेखेको रहेछ । त्यसप्रति म गहिरो खेद र दुःख व्यक्त गर्न चाहन्छु । स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरण भनेर त्यसमा मलाई जोडेर लेखिएको समय यति भ्रामक र घटिया स्तरको जसरी समाचार प्रकाशित गरियो । यसले मेरो मान, प्रतिष्ठा, संसद र मेरो पार्टीप्रति पनि अपमान गरेको छ ।’

    images

    त्यस्तै उनले प्रकरणमा मुछिने तर के एउटा मिटिङ समेत पनि आफूले नगरेको दाबी गरे । यदी आफू दोषि ठहर भए राजनीतिबाट बिदा लिने भन्दै झुटो प्रमाणित गर्न नसके आफ्नो पत्रिका बन्द गर्न राजधानी दैनिकलाई चुनौती दिए ।

    उनले भने,‘म चुनौती दिन चाहन्छु । यस सम्बन्धमा एउटा मिटिङ मात्र गरेको रहेछ भने पनि सम्पूर्ण राजनीतिबाट बिदा लिन चाहन्छु । तर प्रचार र झुटो लाञ्छना लगाउन सि ग्रेटको पत्रकारिता गर्ने नाममा कसैको व्यक्तिगत स्वाभिमानमाथि चुनौती दिन्छ भने म उनीहरुलाई खुला रुपमा चुनौती दिन चाहन्छु । प्रमाणित गर, गर्न सकनौं भने पत्रिका बन्द गर्ने हिम्मत छ रु’

    उनले स्वीजरल्याण्ड भ्रमण अघि लिखित रुपमा सभामुख, पार्टी सभापति र परराष्ट्रमन्त्रीलाई आफूले जानकारी गराएको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # जगदीश खरेल
  • # स्मार्ट टेलिकम