काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ ।
मंगलबार टियु क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० अेभारमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको हो ।
नेपालको लागी बलर सन्दिप लामिछानेले ३ विकेट लिए भने करन केसीले २ विकेट लिए ।


