काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा स्कटल्याण्डसंग नेपाल पराजित भएको छ ।
मंगलबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल २ रनले पराजित भएको हो । बर्षाको कारण ३९ ओभरमा झरेको खेलमा २२१ रनको लक्ष्य पछाएको नेपालले ३० ओभरमा ७ विकेट गुमाउदै २१८ रन बनायो ।
नेपालका लागि गुलशन झाले अविजित ६१ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ५५ रन बनाए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० अेभारमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो ।


