शनिबार, भाद्र २७ गते २०८३
images

मेयर कप भेट्रान्स फुटबल आर्मी सेमिफाइनलमा

एक्सप्रेस पाना
कार्तिक १२, २०७८ शुक्रबार
  • 326
    SHARES
  • मेयर कप भेट्रान्स फुटबल आर्मी सेमिफाइनलमा

    कात्तिक १२ काठमाडौं । त्रिभुवन आर्मीले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा भनिमण्डल भेट्रान्सलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।

    images

    आर्मीको जितमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले एक–एक गोल गरे । राजुले खेलको छैटौँ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

    विकर्णले १६औं मिनेटमा आर्मीको अग्रता दोब्बर बनाए । हरीले ४९औं मिनेटमा गोल गर्दै आर्मीलाई ३-० को अग्रता दिलाए । आर्मीका हरि म्यान अफ द म्याच घोषित भए ।

    images

    लिगकप नकआउट प्रणालीमा खेलाइने यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए  । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाएका थिए ।

    एउटा टिममा २० खेलाडी हुनेछन् । जसमा ३५ देखि ४० वर्ष उमेरसम्मका तीन खेलाडी हुनेछन् । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ। खेलको समयअवधि ६० मिनेट (एक हाफ ३० मिनेटको हुनेछ ।) खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ । 

    प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।