काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग( २ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध पहिले बलिङ गर्दैछ ।
शनिबार टियु क्रिकेट मैदानमा हुने खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । यो संगै नेपाल बलिङमा छ ।
जारी लिग २ को अंक तालिकामा नेपालले अहिलेसम्म २५ खेल खेलेर ८ जित र १५ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा १८ अंक सहित सातौं स्थानमा रहेको छ । त्यस्तै अमेरिका भने अहिलेसम्म २५ खेलमा १८ जित र ७ हारसहित ३६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।


