काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ ।
शनिबार टियु क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा अलआउट हुदैँ १९५ रन बनाएको हो ।
नेपालको लागी दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए ।


