काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले आज स्कटल्याण्डसंग खेल्दैछ ।
सोमबार टियु क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।
जारी लिग–२ को अंक तालिकामा नेपालले २६ खेल खेल्दा ९ जित र १५ हार बेहोरेको छ । दुई खेलमा अंक बाँड्दै नेपालले कुल २० अंकसहित हाल सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्ड भने अहिलेसम्म ३० खेलमा १६ जित र ८ हारसहित ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।


