काठमाडौं । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डलाई हराउँदै नेपाल विजयी भएको छ ।
सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले हराएको हो । १९५ रनको लक्ष्य पछाएको नेपालले ३८.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
नेपालका लागी कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाए भने इशान पाण्डेले ५५ रन बनाए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ३९.१ ओभरमा अलआउट हुदैँ १९४ रन बनाएको थियो । आजको जितसंगै नेपाल अंक तालिकाको पाचौं स्थानमा छ ।


