काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य सामान्य बढेको छ ।
आज सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।



