काठमाडौं । एसियन गेम्स छनोट अन्तर्गतको अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई हराएको छ ।
शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको हो ।
८२ रनको लक्ष्य पाछएको नेपालले १६ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । त्यसअघि मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रन बनाउको थियो ।
यसअघिको पहिलो खेलमा पनि नेपालले मलेसियालाई २ विकेटले हराएको थियो ।


