काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ ।
शुक्रबार टियु क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको हो ।
नेपालका लागी इशान पाण्डे सर्वाधिक ८४ रन बनाए भने दिपेन्द्र सिहं ऐरीले ५९ रन बनाए । रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए ।


