काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई हराएको छ ।
शुक्रबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको हो । ३१८ रनको लक्ष्य पछाएको अमेरिकाले ४१.२ ओभरमा अल आउट हुदै १९५ रन बनाएको हो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो ।
नेपालका लागी इशान पाण्डे सर्वाधिक ८४ रन बनाए भने दिपेन्द्र सिहं ऐरीले ५९ रन बनाए । रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए ।


