आइतबार, भाद्र २८ गते २०८३
images

दीपेन्द्रको कप्तानीमा एसियन गेम्स छनोट खेल्ने नेपाली टोली घोषणा

एक्सप्रेस पाना
जेठ ११, २०८३ सोमबार
  • 121
    SHARES
  • दीपेन्द्रको कप्तानीमा एसियन गेम्स छनोट खेल्ने नेपाली टोली घोषणा

    काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आगामी एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । टोलीको कप्तानी अलराउण्डर दीपेन्द्र सिंह ऐरीले गर्ने भएका छन् ।

    images

    टोलीमा नियमित कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आरिफ शेख, नन्दन यादव, शाहब आलम र शेर मल्ल समावेश छन् ।

    एशियन गेम्स क्वालिफायर्समा नेपालसहित ८ राष्ट्र सहभागी हुँदैछन् । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, मलेसिया, कतार र चीन रहेका छन् भने समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेका छन् ।

    images

    नेपालले आफ्नो पहिलो खेल मे ३१ मा चीनविरुद्ध खेल्नेछ । त्यसपछि जुन २ मा कतार र जुन ४ मा मलेसियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

  • सम्बन्धित विषय:

  • # एसियन गेम्स छनोट