काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य घटेको छ ।
आज सुन तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयामा कारोबार भइरहेको छ ।



