आइतबार, भाद्र २८ गते २०८३
images

एसियन गेम्स छनोटमा नेपालले आज चीनसँग खेल्दै

एक्सप्रेस पाना
जेठ १३, २०८३ बुधबार
  • 182
    SHARES
  • एसियन गेम्स छनोटमा नेपालले आज चीनसँग खेल्दै

    काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले आज एसियन गेम्स छनोट अन्तर्गत चीनसँग खेल्दैछ । 

    images

    बुधबार मलेसियामा हुने यो खेल नेपाली समय अनुसार विहान ११ः ४५ बजेदेखि शुरु हुनेछ । 

    नेपालका लागि यो प्रतियोगिताको पहिलो खेल हो भने चीनले आफ्नो उद्घाटन खेलमा इन्डोनेसियालाई ३ विकेटले हराउँदै विजयी सुरुआत गरिसकेको छ ।

    images

    नेपाली टिममा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, मनीषा उपाध्याय र रुबिना छेत्री रहेका छन् ।

    नेपालले अर्को खेल बिहिबार इन्डोनेसियासंग खेल्नेछ । 

  • सम्बन्धित विषय:

  • # एसियन गेम्स छनोट