काठमाडौं । जारी एसियन गेम्स छनोट अन्तर्गत चीनलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।
बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको हो । १२६ रनको लक्ष्य पछाएको चीन २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रनमा समेटियो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको थियो ।
नेपालले अब अर्को खेल बिहिबार इन्डोनेसियासंग खेल्नेछ ।


