काठमाडौं । एसियन गेम्स महिला टि-२० क्रिकेट छनोट अन्तर्गतको खेलमा नेपालले इन्डोनेसियाविरुद्ध पहिले बलिङ गर्दै छ ।
बिहिबार मलेसियाको क्वालालम्पुरमा हुने यस खेलमा इन्डोनेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । योसंगै नेपाल बलिङमा छ ।
नेपालले पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको थियो । समूह ‘बी’ को अंक तालिकामा नेपाल १ खेलबाट २ अंकसहित शीर्षस्थानमा छ ।


