काठमाडौं । एसियन गेम्स महिला टि-२० क्रिकेट छनोट अन्तर्गतको खेलमा इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ ।
बिहिबार मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको हो ।
इन्डोनेसियाको लागी कप्तानले सर्वाधिक ५६ रन बनाइनन् भने नेपालको लागी बलर मनिषा उपाध्यायले २ विकेट लिइन् ।


