काठमाडौं । एसियन गेम्स महिला टि-२० क्रिकेट छनोट अन्तर्गतको खेलमा इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहिबार मलेसियाको क्वालालम्पुरमा भएको खेलमा नेपालले इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको हो । ११४ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
नेपालको लागी कप्तान इन्दु बर्माले सर्वाधिक ४२ रन बनाइन् भने सोनी पाखिन्नले २९ रन बनाइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।
इन्डोनेसियाको लागी कप्तानले सर्वाधिक ५६ रन बनाइनन् भने नेपालको लागी बलर मनिषा उपाध्यायले २ विकेट लिइन् ।


