शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध ऐतिहासिक कीर्तिमान

एक्सप्रेस पाना
जेठ १७, २०८३ आइतबार
  • 76
    SHARES
  • कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध ऐतिहासिक कीर्तिमान

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेका छन् ।

    images

    भुर्तेलले इनिङ्सको नवौं ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै नेपालका लागि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बनेका छन् । साथै, उनी विश्व क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने छैटौं खेलाडीका रूपमा समेत दर्ज भएका छन् ।

    यसअघि नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले सन् २०२३ मा एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा २०औं ओभरमा ६ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए । आक्रामक ब्याटिङ गरिरहेका भुर्तेलले यो समाचार तयार पार्दासम्म उनले ४२ बलमा १२९ रन बनाएर अविजित खेलिरहेका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # कुशल भुर्तेल