काठमाडौं । श्रीलंकालाई पराजित गर्दै नेपाली महिला फुटबल टिमले साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भारतको गोवामा भएमो खेलमा नेपालले श्रीलंकालाई २(० गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गरिन् भने दोस्रो हाफको ६२औं मिनेटमा रेनुका नगरकोटीले अर्को गोल थपेकी थिइन् ।
नेपालले यसअघि पहिलो खेलमा भुटानलाई १–० गोल अन्तरले हराएको थियो ।



