काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले बंगलादेशको सामना गर्दैछ ।
भारतको गोवामा हुने खेल नेपाली समय अनुसार अपराहन्न सवा ४ बजेदेखि हुदैछ ।
समुह ए बाट नेपालले दुवै खेल जितेर समुह बिजेताको रुपमा सेमिफाइनलमा पुगेको छ भने बंगलादेश समुह बी मा २ खेलमा एक जित र एक हारसहित उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो ।



