काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य स्थिर रहेको छ ।
आज सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी ५ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।



