काठमाडौं । एशियन गेम्स क्रिकेट छनोटमा नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
बिहिबार सिंगापुरमा जारी खेलमा मलेसियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । यो संगै नेपालले ब्याटिङ गर्दैछ ।
आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ। साथै, खेलको नतिजाले सेमिफाइनल समीकरण पनि निर्धारण गर्नेछ।
प्रतियोगितामा नेपाल १४ सदस्यीय टोलीसहित सहभागी छ, जसको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गरिरहेका छन्। नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन्।


