बुधबार, श्रावण १३ गते २०८३
images
images

अण्डाको मूल्य बढ्यो

एक्सप्रेस पाना
जेठ २३, २०८३ शनिबार
  • 124
    SHARES
  • अण्डाको मूल्य बढ्यो

    काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरि अण्डाको नयाँ मूल्य सार्वजनिक गरेको छ । संघले आज (शनिबार)देखि लागू हुने गरि अण्डाको नयाँ मूल्य सार्वजनिक गरेको हो । 

    images

    नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ । यसअघि ४६५ रुपैयाँ रहेको थियो । 

    यस्तै, ठूलो अण्डाको ५४५ रुपैयाँ पुगेको छ । यसअघि ४९० रुपैयाँ रहेको थियो । 

    images

    यसैगरी, मध्यम अण्डाको ५१५ रुपैयाँ भएको छ । सानो अण्डाको प्रतिपेटी तीन हजार रुपैयाँ कायम गरिएको छ । यसअघि २ हजार ३०० रुपैया रहेको थियो ।

    यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब २५ रुपैयाँ पुगेको छ । 

  • सम्बन्धित विषय:

  • # अण्डाको मूल्य