आइतबार, भाद्र २८ गते २०८३
images

ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा

एक्सप्रेस पाना
जेठ २४, २०८३ आइतबार
  • 213
    SHARES
  • ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा

    काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । 

    images

    आइतबार संगापुरमा नेसनल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । 

    ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा ६४ बल बाँकी हुँदै ९.२ ओभरमा पुरा गरेको हो । 

    images

    नेपालका लागि लोकेस बमले सर्वाधिक ४४ रन बनाए । रोहित पौडेलले २० बलमा २१ रन बनाए । ओपनर कुशल भुर्तेलले २० रन र आशिफ शेख १ रनमा आउट भए ।

    टस जितेर सुरुमा ब्याटिङ गरेको ओमानलाई नेपालले १९ ओभर ४ बलमा ९४ रन बनाउँदा अलआउट गरेको थियो । 

     

  • सम्बन्धित विषय:

  • # एसियन गेम्स पुरुष क्रिकेट छनोट