काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनल खेलमा नेपालले हङकङविरुद्ध पहिले बलिङ गर्दैछ ।
सोमबार संगापुरमा हुने खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । योसंगै हङकङ ब्याटिङमा छ ।
आइतबार भएको पहिलो सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो भने दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो।


